गजल – Kanika Khabar
Saturday, May 18Nepali News Portal

गजल

    मा प्रकाशित

सिन्दुर पोते सर्वश्व हो आमाको मनको लागि
बा सहिद बनेका हुन देश परिवर्तनको लागि

आजको राजा भोली रङ्क बन्न सक्छ यसरी
किनकि अंहकारै काफी छ समापनको लागि

साँचो प्रेम चिन्न गरिवको अभिनय गरेको थ्येँ
कोही राजी भएनन१ विवाह बन्धनको लागि

आउ यो तनलाई छुने प्रयास गर स्वयं बुझ्नेछौ
म एउटा खतरनाक हतियार हुँ दुर्जनको लागि

गन्तव्यको अन्तिम केन्दबिन्दु मृत्यु नै त हो
फेरी यत्रो लालच किन एउटा कफनको लागि

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्