गजल – Kanika Khabar
Friday, January 23Nepali News Portal

गजल

    मा प्रकाशित

सिन्दुर पोते सर्वश्व हो आमाको मनको लागि
बा सहिद बनेका हुन देश परिवर्तनको लागि

आजको राजा भोली रङ्क बन्न सक्छ यसरी
किनकि अंहकारै काफी छ समापनको लागि

साँचो प्रेम चिन्न गरिवको अभिनय गरेको थ्येँ
कोही राजी भएनन१ विवाह बन्धनको लागि

आउ यो तनलाई छुने प्रयास गर स्वयं बुझ्नेछौ
म एउटा खतरनाक हतियार हुँ दुर्जनको लागि

गन्तव्यको अन्तिम केन्दबिन्दु मृत्यु नै त हो
फेरी यत्रो लालच किन एउटा कफनको लागि

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्