नेकपा सचिवालय बैठक आज बस्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपा सचिवालय बैठक आज बस्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, काठमाडौँ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि नेकपाको सचिवालय बैठक आज बस्दैछ । महासचिव विष्णु पौडेलले सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने सचिवालय सदस्यहरुलाई जानकारी गराएका छन् ।
अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले केही दिनअघि महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच सचिवालय सदस्यले तत्काल सचिवालय बैठक बोलाउन पटकपटक माग गर्दै आएका थिए । तर, अर्का अध्यक्ष ओलीले यसअघि सचिवालय बैठक सडकमा हिँड्दाहिँड्दै भन्दा पनि आवश्यकता र विधिअनुसार बस्ने व्यवस्था रहेको बताएका थिए ।
कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, भारतीय गुप्तचर संस्था रअ प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट, सरकारका पछिल्ला कामकारबाहीका कारण सत्तारुढ नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह सन्तुष्ट छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्