विद्युत तोडफोडः अनुसन्धानका लागी एक जना प्रहरी नियन्त्रणमा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

विद्युत तोडफोडः अनुसन्धानका लागी एक जना प्रहरी नियन्त्रणमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक २८, सिमकोट

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा – ३ को राया खोला जलविद्युत आयोजनाको पावरहाउस तोड्फोड गर्ने छानविन गर्नका लागी एक जना चौकीदारलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । निर्माण सम्पन्न भएर कात्तिक १४ गते उद्घाटन भएको राया खोला जलविद्युत आयोजना गाउँमा बत्ति बलेको दुई दिन वित्न नपाउँदै तोडफोड गरीएको हो । रायामा १७ वर्ष देखि बन्न नसकेको विद्युत आयोजना निर्माण गरी गाउँमा दुई दिन बत्ती बलेको भएपनि उपभोक्ता समितीका छोरा सहितका समुहले तोडफोड गरेको स्थानीयले आरोप लगाएका छन् । गाउँमा बत्ती बलेको २ दिन वित्न नपाउँदै विभिन्न रणनीति अपनाई नयाँ निर्माण समितिद्वारा पावरहाउस तोडफोड गरी पुराना उपभोक्ता समितीलाई आरोप लगाइएको स्थानीय दानसिंह बुढाले बताउनुभयो । पावरहाउस तोडफोड गर्नेमा अहिले नयाँ जलविद्युत कार्यसमितीको अध्यक्ष टेक बुढाका छोरा मोहन बुढा , गाउँका युवा नन्द बुढा समेत रहेको स्थानीयवासी बुढाले बताउनुभयो । प्रहरीले अनुसन्धानका लागी एक जना चौकिदारलाई नियन्त्रणमा लिएको भएपनि अन्यको अनुसन्धान कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्