चीनकाे “दस दिनकाे लडाइँ “ परियाेजना सार्वजनिक – Kanika Khabar
Friday, March 13Nepali News Portal

चीनकाे “दस दिनकाे लडाइँ “ परियाेजना सार्वजनिक

    मा प्रकाशित

खगेश्वर पाैडेल

जेठ २ दाङ ।

वुहान, विश्वव्यापी महामारी भनेको कोरोना भाइरसको उत्पत्तीको भएको चिनिया सहरले त्यहाँका १ दशमलव १ करोड बासिन्दाको भाइरस परीक्षण आगामी केही दिनमा गर्ने एउटा महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

करिव एक महिना भन्दा लामो शुन्य कोभिड संक्रमणको अवस्थालाई चिर्दै यो साता ६ जना कोरोना संक्रमित फेला परेपछि, कोरोना संक्रमणको दोश्रो लहरलाई रोक्नको लागि र भर्खर कोरोना संक्रमण अन्त्य पछि पुनः तङ्ग्रिन शुरु गरेको आर्थिक क्रियाकलापलाई सुचारु राख्न, हजारौं स्वास्थ्यकर्मी र अन्य कामदारहरुको आवश्यकता पर्ने यो महत्वाकांक्षी योजना सार्वजनिक गरिएको हो ।

यस्तो विस्तृत परीक्षणहरु गर्दा निकै कठिन चुनौतीहरुको सामना गर्नुपर्ने हुनसक्छ । वुहानले यति धेरै परीक्षण किटहरु कसरी खरीद गर्दछ र नमूनाहरुको प्रशोधन कसरी गर्नेछ भन्ने कुरा अझै खुलाइएको छैन । साथै संक्रमणको दर निकै कम भएको बेलामा यस्तो विस्तृत परीक्षणहरु गर्नु साधनहरुको उत्तम प्रयोग हो या होइन?

“१० दिनको लडाई” नाम दिईको उक्त परियोजना सम्पन्न गर्न निकै चुनाैतिहरु रहेको कुरा राज्यका मिडिया रिपोर्टहरुले पनि स्वीकारेका छन् ।आधिकारिक हेल्थ डेली अखबारले बिहीबार एक रिपोर्टमा भने कि वुहानका अधिकारीहरूले हालसालै परीक्षण गरिसकेका व्यक्तिहरूलाई पनि समावेश नगरी १० दिन भित्रमा यो परियोजना सम्पन्न गर्नका लागि कम्तिमा ७३ लाख वटा परीक्षण एक दिनमा गर्नुपर्नेछ।

त्यो वुहानमा हालको परीक्षण क्षमताभन्दा धेरै गुणा छ । अखवारलेभनेको छ कि चरम परिस्थितिमा दिनको १० हजार परीक्षण गर्ने क्षमता राख्दछ ।

(समाचार एजेन्सीकाे सहयाेगमा )

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्