भक्तपुरमा १० जुवाडे पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

भक्तपुरमा १० जुवाडे पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर २, भक्तपुर ।
भक्तपुरमा १० जुवाडे पक्राउ परेका छन् । भक्तपुरमा प्रहरीले कौडा खेलिरहेको अवस्थामा १० जुवाडेलाई पक्राउ गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित अमरकृष्ण अवालले सञ्चालन गरेको नगदेश स्कुनर हाउसबाट १० जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले २ लाख ६४ हजार १३५ रुपैयाँसहित १० जनालाई नियन्त्रणमा लिइएको वृत्तका प्रहरी नायब उपरीक्षक ऋषि कँडेलले जानकारी दिए ।

डीएसपी कँडेलका अनुसार पक्राउ पर्नेहरुमा अम्मर कृष्ण अवाल, राजकुमार चित्रकार, रविन्द्र नापित, टिका ज्यापु, कर्ण लामा, राजेन्द्र साहुखल, श्यामकृष्ण घजु, हिराकाजी प्रजापती, पञ्चकुमार घजु र तुई लाल प्रजापति रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्