ट्रम्पले पेन्सिलभानिया अदालतमा हालेको मुद्दा खारेज – Kanika Khabar
Friday, January 23Nepali News Portal

ट्रम्पले पेन्सिलभानिया अदालतमा हालेको मुद्दा खारेज

    मा प्रकाशित

एजेन्सी /
चुनावमा धाँधलीको आरोपसहित पेन्सिलभानिया अदालतमा मुद्दा हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ ।

पेन्सिलभानिया राज्यको अदालतले उनको मुद्दा खारेज गरेको छ । ट्रम्पको निर्वाचन अभियानले हुलाकमार्फत हालिएको लाखौं मत रद्द गर्न माग गर्दै दायर गरेको मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको हो ।

बाइडेनले ८० हजार भोटले चुनाव जितेको पेन्सिलभानियामा न्यायाधीश म्याथ्यू ब्रानले ट्रम्पको मुद्दा खारेज गरेका हुन् ।

ट्रम्प अभियानले चुनावमा धाँधली भएको आरोप लगाइरहे पनि कुनै प्रमाण भने दिन सकेका छैनन् ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्