गोकुलको विगुल : विचारसँग लड्न विचार चाहिन्छ, होहल्ला होइन – Kanika Khabar
Friday, January 23Nepali News Portal

गोकुलको विगुल : विचारसँग लड्न विचार चाहिन्छ, होहल्ला होइन

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, दाङ /
सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले विचारसँग लड्न विचार चाहिने बताएका छन् । उनले भनेका छन् , ‘गलत विचार बिरुध्द लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

‘हातहरुको शसस्त्रीकरण भन्दा पहिला विवेक र बिष्लेषणपुर्ण चेतनाको विकास नै मानवीयशसस्त्रीकरणको वास्तविक पहिचान हुन्छ,’ बाँस्कोटाले ट्वीटमा लेखेका छन् ।

स्थायी कमिटी सदस्य पाण्डेमाथि दुर्व्यवहार भएपछि नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ । घटनाको भर्त्सना गर्दै पार्टीका वरिष्ठ नेताहरुले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्