गोकुलको विगुल : विचारसँग लड्न विचार चाहिन्छ, होहल्ला होइन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

गोकुलको विगुल : विचारसँग लड्न विचार चाहिन्छ, होहल्ला होइन

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, दाङ /
सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले विचारसँग लड्न विचार चाहिने बताएका छन् । उनले भनेका छन् , ‘गलत विचार बिरुध्द लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

‘हातहरुको शसस्त्रीकरण भन्दा पहिला विवेक र बिष्लेषणपुर्ण चेतनाको विकास नै मानवीयशसस्त्रीकरणको वास्तविक पहिचान हुन्छ,’ बाँस्कोटाले ट्वीटमा लेखेका छन् ।

स्थायी कमिटी सदस्य पाण्डेमाथि दुर्व्यवहार भएपछि नेकपाको केन्द्रीय राजनीति तरंगित भएको छ । घटनाको भर्त्सना गर्दै पार्टीका वरिष्ठ नेताहरुले छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी नेता पाण्डे बोल्ने क्रममा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्