मौसम अपडेट : देशका केही भागको मौसम बदली भई पानी पर्ने – Kanika Khabar
Saturday, April 27Nepali News Portal

मौसम अपडेट : देशका केही भागको मौसम बदली भई पानी पर्ने

    मा प्रकाशित

मंसिर १२, दाङ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार देशका केही भागको मौसम बदली भई पानी पर्ने सम्भावना रहको छ । गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण गण्डकी, वाग्मती र प्रदेश एकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन ।
प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । समविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्