पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने – Kanika Khabar
Sunday, January 18Nepali News Portal

पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने

    मा प्रकाशित

कनिका खबर
मंसिर १८, पोखरा
पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्विमिङ, सुटिङ र हकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्विमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हक्कीको लागि जग्गा खोज्ने कार्य भइरहेको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना सङ्क्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताउनुभयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पार्नुभयो । खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने पनि उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्