बालिकालाई बलात्कार गर्ने २ जना पक्राउ – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

बालिकालाई बलात्कार गर्ने २ जना पक्राउ

    मा प्रकाशित

हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत वर्ष साउन २१ गते बालिकालाई लुगा धुन गएका समयमा पाँच जनाले सामूहिक बलात्कार गरेका आरोपमा सोही गाउँका तीन जनालाई तत्काल नै र फरार दुई जनालाई आज डेढ वर्षपछि सर्केगाड– ६ बाट पक्राउ गरिएको हो ।
अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्