आज विभिन्न स्थानको मौसम सामान्य बदली – Kanika Khabar
Saturday, April 27Nepali News Portal

आज विभिन्न स्थानको मौसम सामान्य बदली

    मा प्रकाशित

मंसिर २३, काठमाडौँ ।
मुलुको पहाडीसहितविभिन्न स्थानको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली रहेको र त्यसको केही प्रभाव नेपालमा पनि परेको मौसमविदले बताएका छन् । अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अरु स्थानमा मौसम सामान्यतय सफा छ ।आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली हुनेछ ।
अरु स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्