भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ हुँदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ हुँदै

    मा प्रकाशित

पुस २४, भैरहवा ।

जेसिआई सिद्धार्थ लेडीको आयोजनामा आज भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम हुँदैछ । कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायकगायिका तथा सङ्गीतकारको टोली भैरहवा आइपुगेको छ ।

गायक तथा सङ्गीतकार बाँस्कोटाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा होटल पौवामा हुने कार्यक्रममा सबैलाई चुल्है निम्तो दिनुभयो । हाम्रो टिमको प्रस्तुतिमा हुने कार्यक्रममा बाँस्कोटासहित विश्व नेपाली, सञ्जय सुब्बा, रमेश पाठक, प्रार्थना शाक्य, निशा देसार, मञ्जु थापा र  सविना श्रेष्ठको गायन तथा बिनु शाक्यको नृत्य रहने टिम लिडर नरेन्द्र खड्काले बताए ।

बाँस्कोटा नाइटको तयारी पूरा भएको आयोजक संस्था जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष तुलसा भुसालले बताए । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्