मुलुक अहिले संवैधानिक संकटमा : नेता गिरी – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

मुलुक अहिले संवैधानिक संकटमा : नेता गिरी

    मा प्रकाशित

तुलसीपुर, ३ माघ ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले मुलुक अहिले संवैधानिक संकटमा परेको बताएका छन् । संविधानको मर्म विपरीत संसद भंग गर्दा देश अस्थिरता तर्फ धकेलिएको बताउदै पुर्व मन्त्री समेत रहेका गिरीले असंवैधानिक कदमप्रति आफुहरुको घोर आपत्ती रहेको बताएका छन् ।

मानव अधिकार तथा शान्ती समाज दाङ शाखाको आज तुलसीपुरमा भएको साधारण सभा तथा अधिशेसनलाई उद्घाटन गदै उनले यस्तो बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गदै उनले उक्त मुद्धा अहिले अदालतमा विचाराधिन भएकाले न्यायलयको फैसला नै निर्णायक हुने उनको भनाई थियो ।

शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले अहिलेको सविधानले दुई वर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने र मध्यावधी निर्वाचनको अधिकार प्रत्याभुती नगरेको दावी गरे । साथै उनले कम्युनिष्ट सरकारले सर्वहारा बर्ग र समुदायको लागी केहि गर्न नसकेको टिप्पनी गरेका थिए । सर्वहारा वर्गको नारा दिएर कम्युनिष्ट नेताहरु भ्रष्टाचार र व्यक्तिगत स्वार्थमा बढि उन्मुख भएको उनको आरोप छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्