राष्ट्रपति भवनबाट विदाई हुँदै ट्रम्प – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

राष्ट्रपति भवनबाट विदाई हुँदै ट्रम्प

    मा प्रकाशित

एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भवनबाट विदाई हुन लाग्नुभएको छ । आफ्नो विदाई सम्बोधनको क्रममा उहाँले आजदेखि नयाँ प्रशासनलाई सत्ता सुम्पिँदै म विदाई हुन थालेको उहाँले बताउनुभयो ।

एक भिडियो सन्देशमार्फत् उहाँले आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको उल्लेन गर्नुभएको छ । ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबाट विदा हुन लाग्नुभएको छ । ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामनासमेत गर्नुभयो ।

छोटो सम्बोधनका क्रममा उहाँले आफ्नो चार वर्षे कार्यकालका उपलब्धीबारे पनि संक्षिप्तमा जानकारी गराउनुभयो । सहयोगी राष्ट्रहरुलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गरेको, बलियो कूटनीतिका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौता गरेको र कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएको भन्दै उहाँले यसमा आफूलाई गौरव महसुस भएको पनि बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्