संविधान संशोधनलाई पास गरौँ : प्रधानमन्त्री – Kanika Khabar
Thursday, May 21Nepali News Portal

संविधान संशोधनलाई पास गरौँ : प्रधानमन्त्री

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १३, दाङ ।
आज सरकारको सर्वदलीय बैठक सम्पन्न भएको छ । सरकारले शुक्रबार दर्ता गरेको संशोधन विधेयक भोलि प्रतिनिधिसभामा पेश गर्ने तयारी छ । त्यसको पूर्व संन्ध्यामा सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन विधेयक विना शर्त सर्वसम्मत रुपमा पास गर्न आग्रह गरेका हुन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्नो पार्टी तयार रहेको बताएका बतायँदै पदाधिकारी बैठकले केन्द्रीय कार्य समिति बैठकमा छलफल गर्ने भनेकाले केही समय दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

सर्वदलीय बैठकमा मधेशवादी दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायतले संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि सम्बोधन पनि समेट्न सरकारलाई सुझाब दिएका छन् ।

संविधान संशोधन गर्न दुई तिहाई बहुमत पर्याप्त हुने भए पनि सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको विषय भएकाले सर्वसम्मत रुपमा संसदबाट पारित गरेर जाँदा राम्रो रहने भएकाले पनि प्रधानमन्त्रीले सबैमा आग्रह गरेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्