जब हाेटल डाेकाेमा फूलबुट्टे सारी सपक्क भयाे…. – Kanika Khabar
Friday, April 26Nepali News Portal

जब हाेटल डाेकाेमा फूलबुट्टे सारी सपक्क भयाे….

    मा प्रकाशित

कनिका खबर
फागुन १४, दाङ ।

फूल बुट्टे सारी सपक्क पारी ……
स्टेजमा गुञ्जियाे गीत । दाङको हाेटल डाेकाेमा । माेफसलमा । राजधानीभन्दा धेरै टाढा । दूर दराजमा । राजधानी विर्साउने गरी । राजधानीकाे तृष्णा मेटाउने झल्काे दाङमा ।
दर्शक दीर्घामा हरेक टेबल नृत्यमा परिणत भयाे । बिर्सिए राजधानी माेफसलमै ।

हाँसी राख न माया …… दर्शक दीर्घाबाट डेडिकेट थियाे किशाेर के.सी . काे । छायाे माैनता , हरेक टेबलमा । सम्झिए सायद अतीत ।

राजधानीकाे तृष्णा मेटाउने गरी दाङमा सुरू भयाे ` सुखद शुक्रबार : डाेकाे लाइभ म्युजिक ´

`कलिलाे तामालाई बाेल रामलाई …´ दर्शक दीर्घाबाट अर्काे डेडिकेट भयाे विवेक न्याैपानेकाे । यही गीतमा झुम्याे । पुन: सुरू भयाेे नृृृत्य।  टेबल टेबलमाा।

` डाेकाे लाेक फ्युजन´ सुरू गरेकाे हाेटल डाेकाे काेराेना महामारीको सहजतापछि ` सुखद शुक्रबार : डाेकाे लाइभ म्युजिक ´ लिएर माेलसलमा राजधानीकाे तृष्णा मेटाउन तत्पर रहेकाे छ ।

हाेटल डाेकाेले आयाेजना गरेकाे ` सुखद शुक्रबार : डाेकाे लाइभ म्युजिक ´ कार्यक्रम दाङकाे गाैरवकाे रूपमा स्थापित गर्ने हाेटलका म्यानेजर बसन्त जि.एम. ले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्