महिला संघ १५ को भेला सम्पन्न – Kanika Khabar
Saturday, April 27Nepali News Portal

महिला संघ १५ को भेला सम्पन्न

    मा प्रकाशित

सपना बाेहरा
घोराही, १६ फागुन ।

नेपाल महिला संघ १५ नम्वर वडाको भेला सम्पन्न भएको छ । नेपाल महिला संघ वडा नं. १५ का वडा अध्यक्ष तुलसा बस्नेतको अध्यक्षता तथा नेपाल महिला संघकी जिल्ला अध्यक्ष गोमा रावतको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा वोल्ने वक्ताहरुले भातृ संगठन बलियो नभएसम्म सिङ्गो पार्टी कमजोर हुने बताएका थिए । पार्टीलाई बलियो र मजवुत वनाउन भातृृ संगठनले  बलियो र चलायमान बनाउन आवश्यक रहेको बताएका थिए । महिलाहरु पनि अव नेतृत्वका लागि अगाडि आउन सक्ने वातवारण बनाउन पार्टीले भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमकी प्रमुख अतिथि नेपाल महिला संघका जिल्ला अध्यक्ष रावतले महिला संगठनलाई बलियो बनाउन सिङ्गो पार्टी लाग्न आवश्यक रहेको बताईन् । विशिष्ट अतिथि नेपाली काँग्रेस वर्डा न १५ का अध्यक्ष प्रकाश श्रेष्ठले महिलाहरुमा जागरण र सशक्तिरणको खाँचो रहेको बताए । घोराही उपमहानगरपालिका वडां नं १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले संगठनलाई स्वस्थ बनाउन त्यसका सवै अंग बलियो हुनुपर्ने बताए । पार्टीका भातृृ संस्थाहरू नेपाली काँग्रेसका अंगहरु भएको बताउदै पार्टीलाई स्वस्थ्य र बलियो बनाउन भातृ संस्थाहरुलाई बलियो बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल महिला संघका घोराही नगर सभापति द्रोपदा न्यौपाने, नेपाल महिला संघका जिल्ला सहसचिव मञ्जु वज्राचार्य , घोराही उपमहनगरपालिका वर्डा न १५ का दलीत महिला सदस्य दुर्गा नेपाली, महिला सदस्य कृष्णा राना, नेपाली काँग्रेस वडा न १५ का सहसचिव शिशीर अधिकारी, जिल्ला समन्वय समिति  सदस्य लोका विक, नेपाल महिला संघका सदस्य भीमा डी सी, नगर लक्ष्मी गिरी पत्रकार वसुन्धरा गौतम लगायतले महिला संघमा आवद्ध महिलाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्न आवश्यक रहेको बताएका थिए । वडा सदस्य उषा सुवेदीको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल महीलासंघ वर्डा न १५ का सचीव यशोदा गौतमले गरेकी थिईन् ।
यसैविच वडा भेलाले नेपाल महिलासंघ वडा न १५ को नया कार्यसमिति चयन गरेको छ। भेलाले तुलसा बस्नतेको अध्यक्षतामा ३५ सदस्सीय नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा यशोदा गौतम, सचीवमा डिला के सी र सहसचिवमा उर्मीला बस्नेत छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्