संसदले जे गर्छ, त्यही हुन्छ एमसीसी : नेकपा सचिवालयको निश्कर्ष – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

संसदले जे गर्छ, त्यही हुन्छ एमसीसी : नेकपा सचिवालयको निश्कर्ष

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १७, दाङ ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकले एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदले नै गर्ने निकर्ष निकालेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको साथै संसदबाट एमसीसी पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने बताए । यद्यपी यसअघि नै प्रधानमन्त्रीले एमसीसी पारित हुने आशय व्यक्त गरेका छन । तथापि संसदमा निणयार्थ पेस भएपछि जे निर्णय आउँछ सोही आधारमा सरकार अघि बढ्ने उनले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति सदस्य भीम रावलको समेत सहभागीता रहेको आजको सचिवालय बैठकमा अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी भएका हुन् ।

एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल गर्न उनीहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनकारी दिए । रावल र ज्ञवाली नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य हुन् ।

गत केन्द्रीय समिति बैठकमा नेकपाभित्र एमसीसीबारे चर्को विरोध भएपछि एमसीसीबारे अध्यन गर्न कार्यदल गठन भएको थियो ।

कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएता पनि, नेपालको राष्ट्रिय सुरक्षाका विषयहरूलाई गम्भीर रूपमा सम्बोधन गर्न संशोधनको आवश्यकता रहेको पनि ठहर गरिए पनि सो कार्यदलको सुझाव र पार्टीभित्र विवाद नै जारी रहेको अवस्थामा सरकारले बजेटमै एमसीसी घुसाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको अनुदानबारे अनुसूचीमा एमसीसी घुमाउरो पाराले समावेश गरेको पाइएपछि नेकपाभित्र हलचल मच्चिएको छ ।

अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ एमसीसी शीर्षकमा राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्