ओझेलमा टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र – Kanika Khabar
Friday, April 26Nepali News Portal

ओझेलमा टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र

    मा प्रकाशित

शिवु खनाल
दाङ, ३ बैशाख
पूर्वपश्चिम महेन्द्र्र राजमार्ग अन्र्तगत दाङको टेङनैया बाबा धार्मिक विकास क्षेत्र ओझेलमा परेको छ । राजमार्गदेखि करिब चार किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा टेङनैया गुफा छ भन्ने धेरेलाई थाहा, नै छैन । न त त्यहाँका स्थानीयले त्यस टेङनैया गुफाकै बारेमा आवतजावत गर्नेलाई टेङनैया गुफाको जानकारी गराउँछन् ।

 

लमही नगरपालिका वडा नम्बर ८ निमुखुट्टीमा पर्ने टेङनैयाको चिसो हावापानी र एकान्त रमणिय वातावरणले सबैलाई मनमोहक बनाउँछ । तर टेङनैया गुफाको बारेमा धेरैलाई जानकारी नै छैन । नजिकैबाट गुफाले देख्छ तर त्यही गुफा मान्छेले देख्दैनन् ।
भुगोलको हिसाबले लमही नगरपालिका वडा नम्बर ८ निमुखुट्टी शिवशक्ति बाख्रा विकास सामुदायिक वनको उत्तरी क्षेत्रभित्र पर्ने उक्त टेङनैया गुफाको विस्तारै प्रचारप्रसार थालिएको छ ।

 

हालसम्म गुफाकै बारेमा अनविज्ञ रहेका सरोकारवालाहरुले यस विषयमा खोज अनुसन्धान गर्न थालेका छन् । गुफाको प्रचारप्रसचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने योजनामा रहेको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताउनुयभो ।

मंगलवार टेङनैया बाबा धार्मिक विकास क्षेत्रले आयोजना गरेको सरोकारवालासंग भेटघाट अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य शर्माले तिनै तहका सरकार यस टेङनैया बाबा धार्मिक विकास क्षेत्र प्रति आकर्षित रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘संस्कृतिले पनि हाम्रो धर्ममा धेरै टेवा पुग्ने भएकोले सरकारले लगानी गर्छ । सरकारले धार्मिकको भौतिक पूर्वधार विकास क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । धर्म संस्कृतिबाट पनि जनतामा समृद्धि ल्याउन सकिने छ ।’ ‘थप बजेट विनियोज गरेर टेङनैया बाबा धार्मिक विकास क्षेत्रको विकास गर्छौँ ।’ कार्यक्रममा टेङनैया बाबा धार्मिक विकास क्षेत्र डिल्लीबहादुर खड्काले पर्यटकिय हिसाबाले अवलोकनको लागी अति उत्तल भएता पनि प्रचारप्रसारको कारण टेङनैया गुफा ओझेलमा परेको बताउनुभयो ।

टेङनैया बाबा धार्मिक विकास क्षेत्रका अध्यक्ष डिल्लीबहादुर खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेशसभा सदस्य रेवतिरमण शर्माको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद् राधेश्याम गुप्ता, शिवशक्ती बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनक बुढा, रेडियो हाइबेका प्रबन्धक निर्देशक केपी घिमिरे, वडा सदस्य देवा परियार, संस्थाका सह–सचिव तासाप्रसाद नेपालीलगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव यादवनाथ योगीले गर्नुभएको थियो । लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालयको १९ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी २२ लाख ८० हजारको लागतमा टेङ्नैया बाबा खुट्टीमा पूर्वाधार निर्माण गरिएको हो । मंगलबार बाबा खुट्टीमा निर्माण गरिएको पर्यटन तथा पूर्वाधारको सामाजिक परिक्षण गरिएको छ ।

वन्यजन्तुलाई मध्यनजर गर्दै वनमा पोखरी निर्माण गरिने
वन्यजन्तुलाई संरक्षण गर्नको लागि वनमा पोखरी निर्माण गरिने भएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ८ शिवशक्ति बाख्र विकास सामुदायिक वनमा वन्यजन्तु संरक्षण गर्नको लागि पोखरी निर्माण गरिने भएको हो । सुख्खा याममा वन्यजन्तुले पानीका लागि ओहोरदोहोर गर्नु पर्ने अवस्थालाई मध्यनजर गरेर डिभिजन वन कार्यालय दाङ, देउखुरीले वनमा पोखरी निर्माण गर्न लागेको डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले जानकारी दिनुभयो ।

 

पोखरी निर्माणले वनमा रहेका वन्यजन्तुहरुलाई पानी पिउन सहज हुने शिवशक्ति बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनक बुढा मगरले बताउनुभयो ।
‘वन क्षेत्रका खोला नाला सुख्खा छन् । वनमा कुनै पानीको स्रोत छैन । जस्ले गर्दा वनमा रहेका वन्यजन्तुले एक ठाउँबाट अर्को ठाउँमा बाँसस्थान सार्ने गर्ने भएकोले वनमा पोखरी निर्माण गर्न थालिएको हो, डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले भन्नुभयो,–। ‘सुख्खा याममा वन्यन्तुलाई एकदमै समस्या हुने गरेपछि वनभित्र पोखरी निर्माण गरेर पानीको व्यवस्थापन गर्ने वन कार्यालयको योजना बनाएको हो ।’ वनमा पोखरी निर्माण गर्नको लागी चार लाख बजेट बिनियोजन गरिएको डिभिजन वन कार्यालय दाङ देउखुरीका सुचना अधिकारी प्रेमीला प्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार लगत्तै स्टिमेट गरेर पोखरी निर्माणको कामलाई तिब्रता दिइने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्