कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता :डब्ल्यूएचओ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता :डब्ल्यूएचओ

    मा प्रकाशित

एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता थपेको बताएको छ । प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट बी १६१७ अरु भेरियन्ट भन्दा तीव्र गतिमा फैलिने देखिएको र यो विश्वकै लागि चिन्ताको विषय भएको बताएको बीबीसीले जनाएको छ । भारतीय भेरियन्ट अहिले ३० भन्दा धेरै देशहरुमा फैलिसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका कोरोना भाइरसका म्युटेन्ट भेरियन्टहरुलाई पनि विश्वव्यापी चिन्ताको भेरियन्ट बताइसकेको छ । भारतमा कोरोनाको दोस्रो लहर आउनुमा भारतीय भेरियन्ट मुख्य कारक रहेको भारत सरकारले पनि बताइसकेको छ । भारतमा कोरोना सङ्क्रमण पुष्टि र मृत्युदर दुवै बढी हुँदा स्वास्थ्य प्रणालीमै समस्या देखिएको छ ।

डब्ल्यूएचओले अहिले उपलब्ध भएका खोपहरु भारतीय भेरियन्टको विरुद्धमा प्रभावकारी हुने पनि बताएको छ । बीबीसीले जनाएअनुसार डब्ल्यूएचओका अधिकारीहरुले अहिलेसम्म पाइएका प्रमाणका आधारमा भारतीय भेरियन्टको असर कम गर्न उपलब्ध खोपहरु प्रभावकारी रहेको बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्