अमेरिकामा अबदेखि सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

अमेरिकामा अबदेखि सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने

    मा प्रकाशित

एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सार्वजनिक स्थानमा अबदेखि मास्क लगाउन नपर्ने बताउनुभएको छ । अमेरिकी वैज्ञानिकहरुले कोरोनाविरुद्धको खोप लगाईसकेका नागरिकले अबदेखि सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने बताएपछि राष्ट्रपति बाइडनले यसलाई ठूलो दिनको रुपमा घोषणा गर्नुभएको हो ।

नयाँ दिशा–निर्देशको घोषणा गर्दै राष्ट्रपति बाइडनले आफ्नो कार्यालयमा अन्य सांसदसँगै मास्क फुकालेर सुरुवात गर्नुभएको हो । निर्देशिका अनुसार अबदेखि मानिसहरु खुला वा बन्द, अधिकांश स्थानमा बिना मास्क आवतजावत गर्न सक्नेछन् । तर, भीडभाडयुक्त बन्द स्थान जस्तै बार र विमान यात्राको क्रममा वा अस्पतालमा अहिलेपनि मास्क लगाउन अनिवार्य नै गरिएको छ । यसैबीच, अमेरिकन फेडरेशन अफ टीचर्स लेबर यूनियनले आउने समयमा सबै विद्यालय पूर्ण रुपले रुचारु गर्न सिफारिस गरेको छ ।

अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिइएकोले विद्यालय सञ्चालन गर्न सिफारिस गरिएको हो ।अमेरिका कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ ३ करोड ३६ लाख २६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ५ लाख ९८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा हालसम्म ११ करोड ७६ लाख ४७ हजार ४ सय ३९ जनालाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ भने १५ करोड ३९ लाख ८६ हजार ३ सय १२ जनालाई खोपको एक डोज लगाइएको छ । अमेरिकी सरकारले आगामी जुलाई ४ समम ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोपको कम्तिमा एक डोज लगाइसक्ने लक्ष्य राखेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्