कर्णाली प्रदेशका दुई नवनियुक्त मन्त्रीले गरे सपथ ग्रहण – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कर्णाली प्रदेशका दुई नवनियुक्त मन्त्रीले गरे सपथ ग्रहण

    मा प्रकाशित

जेठ ३, सुर्खेत ।
कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून एवं युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले आज शपथ ग्रहण गर्नुभएको छ ।

 

आज दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्री शर्मा र नेपालीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो मन्त्रिपरिषद् विस्तार गर्दै शर्मा र नेपालीलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

गत बुधबार मुख्यमन्त्री शाहीले सुर्खेतका सांसद विन्दमान विष्टसहित ३ जनालाई मन्त्रीमा नियुक्त गर्नुभयो । तर, वैशाख ३ गते सांसदमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले दुईवटा मन्त्रालय मागेपछि विष्ट पार्टीको निर्देशन अनुसार पछि हट्नुभयो ।गत बुधबार नियुक्त गरिएका उनीहरुलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो ।

मुख्यमन्त्री शाहीले हिजो पुनः मन्त्रीमा नियुक्त गरेपछि शर्मा र नेपालीलाई आज शपथ खुवाइएको हो ।यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र बिन्दमान विष्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्