नेपालमा तीन किसिमका कोराना भाइरसको भेरियन्ट पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालमा तीन किसिमका कोराना भाइरसको भेरियन्ट पुष्टि

    मा प्रकाशित

जेठ ४, दाङ ।
नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा तीन किसमको कोरोना भाइरसको ‘भेरियन्ट’ फेला परेको जनाएको हो ।

मन्त्रालयले आज मंगलबार नयाँ भेरियन्ट पत्ता लगेको सम्बन्धमा अपिल जारी गरेको छ । मन्त्रालयले जारी गरेको अपीलमा नेपालमा तीन किसिमका भेरियन्ट रहेको जनाइएको छ ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा ‘जिन स्क्विन्सिग’ गरिएकोमा ९७ प्रतिशतमा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१६१७.१ पुष्टि भएको हो ।

यससँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमको भेरियन्ट रहेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्