जनप्रतिनिधिद्धारा अक्सिजनसहित सिलिण्डर सहयोग ‘समयमै अक्सिजन आइपुगेकाले विरामी बचाउन सकिने आशा पलाएको छ’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

जनप्रतिनिधिद्धारा अक्सिजनसहित सिलिण्डर सहयोग ‘समयमै अक्सिजन आइपुगेकाले विरामी बचाउन सकिने आशा पलाएको छ’

    मा प्रकाशित

शिवु खनाल
दाङ, ५ जेठ
कोभिडका बिरामीहरु एकपछि अर्को अस्पतालमा भर्ना गर्ने पर्खाइमा हुनुहुन्छ । त्यसमा सबैभन्दा पिडा केछ भने, अर्को संङ्क्रमितको मृत्यु होला र बेर्ड पाउँला भनेर पर्खेर बस्ने अवस्था छ । कोभिडका कारण दाङ सहित नेपाल भरको पिडा र अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । बढ्दो संङ्क्रमित र मृत्युदरको संख्या हेर्ने हो भने विश्वमै छिमेकी राष्ट्र भारतपछि नेपाल दोस्रो स्थानमा रहेको छ । अक्सिजनको अभावमा जनताले अकालमै ज्यान गुमाउन थालेको भन्दै स्थानिय तहका जनप्रतिनिधिहरु ग्यास सहित अक्सिजनको जोहो गर्नुका साथै बिरामीहरुको अवस्था बुझ्न कोभिड अस्पताल पुग्ने गरेको छन् ।
अस्पतालमा कोभिडका संङ्क्रमितलाई उपचारमा आवश्यक पर्ने अक्सिजन सिलिन्डरको अभाव भएपछि पाँचवटा अक्सिजन सहितका सिलिन्डर सहयोग गरिएको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारीले देउखुरीका चारवटा पालिकाले संयुक्तरूपमा संचालन गरेको देउखुरी कोभिड अस्पताललाई अक्सिजन सहयोग गर्नुभएको हो । अक्सिजनको अभावमा कोभिडका संङ्क्रमितहरू दिनप्रतिदिन अकालमा ज्यान गुमाउन थालेपछि निशुल्क अक्सिजन उपलब्ध गराएको गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । उहाँले अक्सिजनको अभाव भई अस्पतालले कोभिडका संङ्क्रमितलाई उपचारको लागी भर्ना गर्न नसकिने भन्ने सुचना सार्वजनिक सुचना जारी गर्न थालेपछि जनताको ज्यान बचाउन अक्सिजन जोहो गदै हिडेको छु, वडाध्यक्ष भण्डारीले भन्नुभयो ।
अक्सिजन सहित सिलिन्डर उपलब्ध गराउदा उपचारमा सहज भएको लमही अस्पतालका मेडिकल अधिकृत सत्यप्रसाद बैद्यले बताउनुभयो । उहाँले भन्नुभयो,–। समयमै अक्सिजन आइपुगेकाले विरामी बचाउन सकिने आशा पलाएको छ । वडाधयक्ष भण्डारीले लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सनमकुमार सहकार्य गरि पोखराबाट अक्सिजन सहितको सिलिण्डर र खाली सिलिण्डरलाई रिफिल गरेर दाङ पठाइरहनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्