गाउँपालिकाले लगायो यार्सागुम्वा संकलनमा बन्देज – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

गाउँपालिकाले लगायो यार्सागुम्वा संकलनमा बन्देज

    मा प्रकाशित

खड्क सुनार
जेठ ८, मुगु ।
मुगु जिल्लामा यस वर्ष पनि यार्सागुम्बा संकलनमा रोक लगाइएको छ ।कोभिड १९ को दोश्रो लहर तीव्र रुपमा फैलिरहेका कारण मुगमकार्मारोङ्ग गाउँपालिका कार्यपालिकाको जेठ २ गते बसेको बैठकले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेको हो ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा पाईने बहुमुल्य जडिवुटी यहाँको प्रमुख आयस्रोत बनेको थियो । जिल्लामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनले झनै ठुलो बिपत्ती ल्याउन सक्ने जोखिम भएकोले रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

गाउँपालिकाको निर्णय अनुसार सानो कोईकी, ठूलो कोईकी, हाङदाङ खोला, छापाखोला, डोल्फु पाटन, रिमाट लगायत दर्जनौ पाटनमा पाईने र्यासागुम्बा संकलनको लागी यो यर्ष रोक लगाईएको गाँउपालिकाका अध्यक्ष छिरिङ्ख क्याप्ने लामाले बताउनुभयो । बिगतका बर्षहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्वा संकलनको लागी बालबालिका, युवायुवती, बिद्यार्थीहरु समेत पाटन क्षेत्रमा जाने गरेका थिए भने यार्सागुम्बाबाट मात्र लाखौ रुपैयाको गाउँपालिकाले राजश्व संकलन गर्ने गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्