कोरोना अपडेट दाङ : थप ६६९ जना सङ्क्रमणमुक्त, थप २५९ जना सङ्क्रमित र ४ जनाको मृत्यु – Kanika Khabar
Thursday, May 9Nepali News Portal

कोरोना अपडेट दाङ : थप ६६९ जना सङ्क्रमणमुक्त, थप २५९ जना सङ्क्रमित र ४ जनाको मृत्यु

    मा प्रकाशित

जेठ ११, दाङ ।
पछिल्लो अवस्थामा दाङमा कोरोनाबाट निको हुनेको संख्या बढ्दै गएको छ । आज पनि संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढेर गएको छ । जिल्लामा २५९ जनामा संक्रमण देखिदा ६६९ संक्रमित निको भएका छन् । आज ३७० जनाको परिक्षण गर्दा २५९ जनामा संक्रमण देखिएकोे जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

१४० जना पुरुष र ११९ जना महिला संक्रमित थपिएका छन भने आज ३४८ पुरुष र ३२१ महिला निको भएका छन ।
होमआईशोलेसनमा बसेका ६५१ जना, कोरोना विशेष अस्पताल बेलझुण्डी,लमही आईशोलेसन र दंगीशरण आईशोलेसनका ४÷४ जना ,तुलसीपुरको मेट्रो अस्पताल, शान्तिनगरको आईशोलेसन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही २र२ जना विरामी निको भएको केन्द्रले जनाएको छ ।
यससंगै जिल्लामा बैशाखयता ६ हजार ३ सय २२ जनामा संक्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३ सय १३ रहेको केन्द्रले जनाएको छ ।

जिल्लामा आज थप ४ जना संक्रमितको मत्यु भएको छ । मृत्युहुनेमा घोराही र तुलसीपुरका २/२ जना रहेको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले जनाएको छ ।
घोराही १५ का ७७ वर्षिय महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र घोराही १४ का ४२ वर्षिय पुरुषको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ । यस्तै आज मृत्यु हुनेमा तुलसीपुर १४ का ३० वर्षिय महिलाको होमआईशोलेसन र तुलसीपुर ८ का ५५ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ । यससंगै दाङमा बैशाखयता १ सय ६१ जना संक्रमितको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्