संसद विघटन नेपालले आफ्नो घरेलु ढाँचा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने : भारत – Kanika Khabar
Thursday, May 9Nepali News Portal

संसद विघटन नेपालले आफ्नो घरेलु ढाँचा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने : भारत

    मा प्रकाशित

जेठ १२, काठमाडौँ ।
प्रतिनिधि सभा विद्धटन नेपालको आन्तरिक मामिला रहेको बताउँदै भारतले नेपाललाई आफ्नो घरेलु ढाँचा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने सुझाएको छ । नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएको भन्दै बाग्चीले भारत एक असर छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध रहेको बताएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेव भण्डारीले जेठ ७ मा मध्यराति संसद बिघटन गरेपछिको राजनीतिक घटनाक्रममा भारतको औपचारिक प्रतिक्रिया आएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्