प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्नु असंवैधानिक : बार – Kanika Khabar
Saturday, April 27Nepali News Portal

प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्नु असंवैधानिक : बार

    मा प्रकाशित

जेठ १२, काठमाडौँ ।
नेपाल बार एशोसिएसनले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्ने निर्णय असंवैधानिक रुपमा भएको भन्दै फिर्ता लिन माग गरेको छ ।

एशोसिएसनले विज्ञप्ति जारी गर्दै संविधानले निर्देशित गरेको प्रक्रिया अवलम्बन गरी संवैधानिक संकटको समाधान तथा निकास खोज्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी संविधान विपरीत प्रतिनिधिसभा विघटन तथा निर्वाचनको मिति तोक्ने निर्णय भएको प्रस्ट पारेको हो । संविधानको पालन र संरक्षण गर्ने कर्तव्य बोकेको राष्ट्रपतिबाट समेत प्रतिनिधिसभा विघटन गरी महामारीको विषम परिस्थितिका बीचमा पनि निर्वाचनको मिति घोषणा गरिएको भन्दै एशोसिएसनले आपत्ति जनाएको छ ।

एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा राजीनामा समेत नगरी मार्ग प्रशस्त गरेको छु भन्दै अर्को सरकार गठनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नु पनि असंवैधानिक कदम रहेको उल्लेख छ ।

सरकारको त्यस्तो सिफारिसपछि राष्ट्रपतिले एक दिनभन्दा कम समय दिइ संविधानको धारा ७६ को ५ बमोजिम अर्को सरकार गठनका लागि आह्वान गरेको तर आवश्यक बहुमतसहित विपक्षी गठबन्धनले प्रस्तुत गरेको दावीलाई अनदेखा गरिएको प्रति पनि एशोसिएसनले आपत्ति जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्