अक्सिजन प्लान्टका लागि एक करोड ३५ लाख सहयोग – Kanika Khabar
Friday, July 30Nepali News Portal

अक्सिजन प्लान्टका लागि एक करोड ३५ लाख सहयोग

    मा प्रकाशित

भादगाउँ, जेठ १४  ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्न लागि विभिन्न सहकारी संस्था, सङ्घसंस्था र दाताबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी छ । यसै क्रममा बिहीबार मात्र रु ७१ लाख ३१ हजार ९२७ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा यही जेठ ५ देखि १३ गतेसम्ममा रु एक करोड ३४ लाख ६९ हजार ६२५ सहयोग प्राप्त भएको छ ।

भक्तपुर नपाभित्रका सहकारी संस्थाबाट बिहीबार प्राप्त सहयोगमा सदिच्छा बचत तथा ऋण सहकारी संस्थाबाट रु ११ लाख ११ हजार १११, दियालो बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख, सञ्चित बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख, झींगु बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख, लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख ११ हजार १११, महेश्वरी बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख १९ हजार ६५५ रहेको छ ।

त्यस्तै सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख, चोछेँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख ११ हजार १११, जय भीमसेन बचत तथा ऋण सहकारी संस्थाबाट रु ५० हजार, विकास बचत तथा ऋण सहकारी संस्थाबाट रु २५ हजार, आवश्यक कृषि सहकारी संस्थाबाट रु पाँच हजार, श्री श्रद्धा बचत तथा ऋण सहकारी संस्थाबाट रु ५० हजार ५५५, आधुनिक कृषि सहकारी संस्थाबाट रु २५ हजार ६०, यक्षेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख र कस्मिक बचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख सहयोग प्राप्त भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

त्यस्तै व्यक्तिगत तर्फबाट स्व कृष्ण गोसाई/लक्ष्मी थकु गोसाईले रु १२ हजार ३३, कविन्द्र शाक्य/सुनिला माकले रु ३० हजार, हरिबहादुर कवांले रु ५० हजार ५०५, श्री सिद्धी गणेश मोटर पार्टस्बाट रु १० हजार १००, कृष्णप्रसाद ताम्राकारबाट रु एक लाख, कमलश्वरी सुवालबाट रु पाँच हजार, सुबिन कवां (हाल अमेरिका)बाट रु २० हजार, नाति कवांबाट रु २० हजार, विश्वराम कवांबाट रु एक लाख, मीनबहादुर ग्वाछाबाट रु पाँच हजार, प्रा डा सिद्धिवीर कर्माचार्यबाट रु एक लाख चार हजार ४४४, आशकुमार कोजुबाट रु एक लाख र सत्यनारायण सुवालबाट रु २५ हजार ५५५ आर्थिक सहयोग जुटेको छ । तुल्सीकृष्ण बाटीबाट रु ५० हजार, बाबुराजा ह्यौम्बाबाट रु ११ हजार १११, रामबहादुर कसपालबाट रु १० हजार, जयसुन्दर हाडाबाट रु ५० हजार, तुल्सीमाया सुवालबाट रु एक लाख, रामप्रसाद प्रजापतिबाट रु एक लाख पाँच हजार, हरिकृष्ण महर्जन चन्द्रागिरिबाट रु ५० हजार तीन, ज्ञानमान डङ्गोल टोखाबाट रु १० हजार ११, अष्ट महर्जन चन्द्रागिरिबाट रु २५ हजार एक, अस्मिता महर्जन चन्द्रागिरिबाट रु २५ हजार एक, आकृति त्वानाबासुबाट रु पाँच हजार ५५५ र पृथ्वीकुमार प्रजापतिबाट रु ५० हजार ५०५ आर्थिक सहयोग प्राप्त भएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।

त्यसैगरी ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङको तर्फबाट रु २५ लाख, २ नं वडा कृषक समूहबाट रु १० हजार, बाल विकास स्कूल (शिक्षक र कर्मचारी)को तर्फबाट रु एक लाख एक हजार १११, मेथिबारी युवा समूहबाट रु नौ हजार ५००, लोकेश्वर इन्टरप्राइजेजबाट रु पाँच हजार ३०३, श्रीश्री श्री इन्द्रायणी माता निजी गुठीबाट रु ५० हजार र इको प्यानल नेपाल प्रालिबाट रु एक लाख सहयोग प्राप्त भएको छ । गणेश समूहबाट रु ५० हजार, निवृत्त शिक्षक समाजबाट रु एक लाख, सिद्धिगणेश खेलकुद समितिबाट रु २० हजार एक, नवदुर्गा नास बचत समूहबाट रु ३० हजार ३३३, हाडा (बिजुक्छेँ) दिगु–द्यो जीर्णोद्धार समितिबाट रु एक लाख, वासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठान, पुत्री सर्जनी जोशीमार्फत रु ५० हजार, भक्तपुर लायन्स समन्वय समितिबाट रु तीन लाख र कमलाभक्त फाउण्डेशनबाट रु दुई लाख २२ हजार २२२ सहयोग गरेको छ ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्