मेरो अभिव्यक्तिमाथि गलत अर्थ लगाइयो : मन्त्री महतो – Kanika Khabar
Saturday, May 4Nepali News Portal

मेरो अभिव्यक्तिमाथि गलत अर्थ लगाइयो : मन्त्री महतो

    मा प्रकाशित

जेठ २३, दाङ ।
उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचारप्रसार गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । आफ्नो अभिव्यक्तिप्रति गलत अर्थ लगाएकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गएराती विज्ञप्ति जारी गर्दै आफू राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध रहेको भन्दै यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आफूले संविधानका धारा ३ मा उल्लेख भए बमोजिम बुहजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त भौगोगिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समस्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसाथ गर्दै यो राज्य सबै जात जाती वर्ग समुदाय धर्म, लिङ्गको साझ राष्ट्र हो ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्