राप्ती नदीमा भइरहेको अबैध उत्खनन् राेक्न माग गर्दै राजपा र राजमोले गढवा गाउँपालिकामा दिए ज्ञापनपत्र – Kanika Khabar
Saturday, May 4Nepali News Portal

राप्ती नदीमा भइरहेको अबैध उत्खनन् राेक्न माग गर्दै राजपा र राजमोले गढवा गाउँपालिकामा दिए ज्ञापनपत्र

    मा प्रकाशित

दुख हरण यादव
गढवा २४ जेठ ।

लकडाउनको मौका छोपी राप्ती नदीको विभिन्न घाटमा ठेकेदारले अबैध रुपमा हेवी एक्युप्मेण्ट प्रयोग गरी नदी जन्य पदार्थ उत्खनन तथा दोहन गरिरहेको कार्यलाई नियन्त्रण तथा कारवाही गर्ने माग गर्दै जनता समाजबादी पार्टी नेपाल गढव गाउँ पालिका राष्ट्रिय जनमोर्चा गढवा गाउपालिकाले आज सोमबार छुट्टा छुट्टै रुपमा गढवा गाउपालिकाका अध्यक्ष सहज राम यादव लाइ ज्ञापन पत्र बुझाएको छ |
देउखुरीका चार स्थानिय तहले प्रहरी प्रशासनको दुरुपयोग गरि नदिजन्य पदार्थ ढुङ्गा ,गिट्टी,बालुवा उत्खनन तथा दोहन मा ठुलो मेसिन डोजर,स्काभेटर / लोडर प्रयोग गरि अबैध एवं राष्ट्रपति चुरे तराइ मधेश संरक्षण बिकाश समितिको निर्देशिका नियामावलीको उलंघन गरि जबर्जस्ति रुपमा मापदण्ड बिपरितको क्रियाकलाप गरिरहेको प्रति जनता समाज बादी पार्टीको ध्यानाकार्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ | लगातार रुपमा प्राकृतिक श्रोत साधानको दोहन हुन लागे केहि समयमप देउखुरीको राप्ति नदि भासिन गइ ,धार परिबर्तन गरि कुला नहर हरि रास्ट्रीय गौरवका योजना ,तटीया क्षेत्रको बास जलचर प्राणी ,बन्यजन्तुका साथै सिंगो मानव समुदाय सहित देउखुरी उपत्यका मरुभूमिमा परिणत हुनसक्ने प्रबल सम्भावना उत्पन्न भएकोले त्यस प्रकारको कार्यहरु रोक्न हाम्रो पार्टीको माग रहेको जसपा गढवा गाउपालिका अध्यक्ष महबुब अलि द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ |

यसैगरी गढवा गाउपालिका भित्र भैरहेको प्राकृतिक स्रोतको मापदण्ड बिपरित दोहन तथा उत्खननका साथै ढुवानी यथाशिघ्र बन्द गरि बाताबरणिय प्रभाव मुल्यांकन अध्ययन प्रतिबेदन अनुसार कार्यहरु मात्र गर्न गराउने ब्यबस्था मिलाई यस गाउपालिका भित्रका बिकाश निर्माणका कार्य हरु र गाउँ पालिकाबासीको निजि खपत भै बचेको नदिजन्य पदार्थ हरु छिमेकी स्थानिय सरकार ,जिल्लामा निर्यात गर्ने र विदेश निर्यातमा पुर्ण रोक लागाउने रास्ट्रीय जनमोर्चा गढवा गाउपालिका इन्चार्ज दिनामणि आचार्य द्वारा हस्ताक्षरित ज्ञापन पत्र मा उल्लेख गरिएको छ |
दुइ राजनीतिक दलको छुट्टा छुट्टै ज्ञापन पत्र बुझ्दै गढवा गाउपालिकाका अध्यक्ष सहज राम यादवले ठेकेदारहरुले केहि हद सम्म बदमासी गरेको स्वीकार्दै बाताबरणीय प्रभाव मुल्यांकन बिपरीत उत्खनन, ओसार पसार तथा डम्पिङ्ग गरेको पाइए नियम अनुसार कारबाही गरिने बताउनु भयो |
पछिलो समय अबैध तरिकाले बाताबरणीय प्रभाव मुल्यांकन मापदण्ड बिपरित राप्तीमा दोहन भैरहेको भन्दै चौतर्फी बिरोध भैरहेको बेला दुइ राजनीतिक दलले ज्ञापन पत्र बुझाएका हुन् |
ज्ञापन पत्र बुझाउने कार्यक्रममा जनता समाजबादी पार्टीको तर्फा बाट जिल्ला समितिका जगत राम यादव,सिताराम यादव,राज करण यादवको सहभागिता थियो भने रास्ट्रीय जनमोर्चाको तर्फा बाट गुणनिधि शर्मा , चित्र बहादुर महतारा लगायतको उपस्थिति रहेको थियो |

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्