सुदुरपश्चिममा एमालेको तमासा, नेताहरुबिच कुटाकुट – Kanika Khabar
Saturday, May 4Nepali News Portal

सुदुरपश्चिममा एमालेको तमासा, नेताहरुबिच कुटाकुट

    मा प्रकाशित

जेठ २५, दाङ ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेमा भाँडभैलो भएको छ । पार्टी फुटनजिक पुग्दा सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच कुटाकुट भएको खबर सार्वजनिक भएको छ । पार्टीको आन्तरिक विवादको रोष अब नृताहरुका बिचमा देखा पर्न थालेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रहेका माधव नेपाल गुटका नेता दीर्घ सोडारीले एमाले सुदूरपश्चिम सचिव केपी ओली गुटका राजेन्द्र सिंह रावलमाथि हातपात गरेको आरोप लागेको छ ।

सोमबार साँझ मन्त्रीकै कार्यकक्ष भित्र हातपात भएको सचिव रावलको दावी छ । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशनसहितको पत्र बुझाउन मन्त्रालय गएको बेला सोडारीले आफ्नो कठालो समातेर दुर्व्यवहार गरेको रावलको आरोप छ ।

मन्त्री सोडारीको सचिवालयले भने विज्ञप्ति जारी गर्दै रावलले नै मन्त्री सोडारीमाथि दुर्व्यहार गरेको दाबी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्