गाविस अध्यक्षदेखि मन्त्रीसम्म – Kanika Khabar
Tuesday, June 22Nepali News Portal

गाविस अध्यक्षदेखि मन्त्रीसम्म

    मा प्रकाशित

काठमाडौँ, जेठ २७  ।

साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित हुनुभएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा उहाँले सो मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

नवनियुक्त मन्त्री पहाडी विसं २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । नेकपा एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उहाँ दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

त्यसअघि उहाँ विसं।२०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । पार्टीमा उहाँ विसं। २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुभएको थियो । विसं। २०३९ मा अनेरास्ववियु एकता ९पाँचौँ० बाट राजनीति शुरु गर्नुभएका उहाँ विसं। २०४८ मा नेकपा एमालेको सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत हुनुभयो ।

विसं। २०६५ मा जिल्ला कमिटी सचिव र विसं। २०६६ मा जिल्ला संयोजक हनुभएको थियो । स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका उहाँ दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिका सदस्य हुनुभएको थियो । यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारमा गणेशसिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्