जेठ २२, दाङ ।
कोभिड–१९ संकटका कारण नेपाललगायत भारतका विद्यालय तथा शैक्षिक संस्थामा अनलाइन कक्षा सुरु भएको छ । यस्तै अनलाइन कक्षामा समावेश हुन नपाएका कारण भारतको केरलमा १४ वर्षकी एक छात्राले कथित रुपमा आत्महत्या गरेकी छिन् । आत्महत्या गर्ने छात्रा केरलको गभरमेन्ट हायर सेकेन्डरी स्कूलकी छात्रा थिन् । दलित कोलोनीको आफ्नो घरभन्दा २ सय मिटर पर छात्राले कथित रुपमा आफूमाथि आगो लगाइन् ।
यतिमात्रै होइन, यो परिवारका कोही पनि सदस्यसँग स्मार्टफोन छैन तसर्थ अनलाइन कक्षाका लागि समस्या थियो । केरलमा अनलाइन कक्षा सरकारद्वारा सञ्चालित एजुकेशन च्यानल विक्टर्स च्यानलमा हेर्न सकिन्छ । छात्राका पिताले स्थानीय मिडियासँग भने, ‘अनलाइन कक्षामा सरिक हुन नपाउँदा उनी अत्यधिक चिन्तित थिइन् । मैले उनलाई शिक्षकले केही न केही विकल्प त निकाल्छन् भनेर सम्झाएको थिएँ ।’
स्रोतः बीबीसी