काँग्रेस जिल्ला सभापतिहरूले पार्टी सभापति देउवा समक्ष ज्ञापन पत्र बुझाए – Kanika Khabar
Friday, April 26Nepali News Portal

काँग्रेस जिल्ला सभापतिहरूले पार्टी सभापति देउवा समक्ष ज्ञापन पत्र बुझाए

    मा प्रकाशित

जेठ २९, काठमाडौँ ।
नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवा समक्ष तीनवटा विषयमा ज्ञापन पत्र बुझाएका छन् ।
आज पार्टी सभापति देउवा समक्ष जिल्ला सभापतिहरूले कोभिड–१९, पार्टीको १४औं महाधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीले कदमका विषयमा ध्याकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट सबै नागरिकलाई अनिवार्य खोपको ब्यवस्था गर्न, परिक्षणलाई ब्यापक बनाउन, हरेक पालिकामा औषधि र उपकरण सुविधा सहितको आइसोलेशन सेन्टर निर्माण गर्न र श्रमिक बर्गलाई तत्काल राहत उपलब्ध गराउन सरकार गंभीर नभएको अवस्थामा सरकारलाइ दबाब दिन अनुरोध गरेको छ ।

प्रत्येक जिल्लामा विपद ब्यवस्थापन कोषगठन गर्न तथा कोभिड महामारी, बाढी पैह्रो र अन्य विपद विरुद्ध लड्न स्वयंसेवकका रुपमा पार्टी सदस्यहरु परिचालित गर्ने गरी कार्यविधि र सीड मनी सहित केन्द्रीय निर्देशन जारी गर्न अनुरोध सभापतिहरुले गरेका छन् ।

नेपाली काँग्रेसको पार्टी स्वामित्वमा रहेका जिल्लास्थित सम्पूर्ण भवनहरु क्वारेण्टाईन वा आइसोलेशन सेण्टरको रुपमा प्रयोग गर्न दिन तथा स्थानीय सरकार वा सामाजिक संघसंस्था सँग समन्वय गरी कोभिड सङ्क्रमण विरुद्ध लड्न हरक्षण पार्टी तयार रहेको प्रतिवद्धता सार्वजनिक गर्न पनि ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्