जिप्रका दाङलाई राेटरी क्लबबाट १ लाख बढीकाे सामग्री प्रदान – Kanika Khabar
Friday, May 10Nepali News Portal

जिप्रका दाङलाई राेटरी क्लबबाट १ लाख बढीकाे सामग्री प्रदान

    मा प्रकाशित


असार २, दाङ ।

राेटरी क्लब दाङले जिल्ला प्रहरी कार्यालय दाङलाई १ लाख बढीकाे सामग्री उपलब्ध गराएकाे छ ।

काेराेना भाइरस सङ्क्रमणका बेला सचेतनामुलक अभियानमा जाेडिएकाे क्लबले आज जिप्रका दाङलाई कम्प्युटर तथा स्वास्थ्य सामग्री उपलब्ध गराएकाे हाे ।

काेभिड महामारीको बेला फ्रन्ट लाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीलाई मध्यनजर गरि स्वास्थ्य सामग्री उपलब्ध गराएकाे काेअर्डिनेटर मिनराज भाटले बताए ।

२ थान कम्प्युटर, २०० थान एन ९५ मास्क र १५ ग्यालिन स्यानिटाइजर उपलब्ध गराएकाे हाे ।

काेभिडका समयमा सेवाग्राहीलाई सेवा दिन प्रविधिमैत्री बनाउनका लागि कम्प्युटर उपलब्ध गराएकाे क्लबका अध्यक्ष डा. चेतनारायण पाण्डेले  बताए । ` काेभिडकाे समयमा सेवा लिन जाने सेवाग्राहीलाई भर्चुअल माध्यमबाट सेवा प्रदान गर्न सकियाेस् भनी कम्प्युटर उपलब्ध गराएका हाैँ । एउटा कम्प्युटर भित्र राखिने छ भने अर्काे कम्प्युटर सेवाग्राहीका लागि बाहिर राखिनेछ अनि भर्चुअल माध्यमबाट सेवा प्रदान गरिने छ ।´ अध्यक्ष पाण्डेले  भने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्