दाङमा अबैध रुपमा काठ ओसार पसार गर्ने ४ जना पक्राउ – Kanika Khabar
Friday, May 10Nepali News Portal

दाङमा अबैध रुपमा काठ ओसार पसार गर्ने ४ जना पक्राउ

    मा प्रकाशित

४ असार,दाङ ।
दाङमा लकडाउनको समयमा अबैध सालको काठ ओसार पसारमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाबाट अवैध ४५।४९ क्यूफिट सालको काठ सहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाको टोलिले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गाडी चालक जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका–२ निवासी २१ महेश पुन, सोही ठाउँ निवासी २८ बर्षिय बसन्त क्षेत्री, २२ बर्षिय बिनोद पुन र २८ बर्षिय सुशिल घर्तिमगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरक्षक राजकुमार भट्टको नेतृत्वमा खटिएको १० जनाको बिशेष टोलिले कोइलावास बाट गढवा आउँदै गरेको भे १ च १८२१ नम्बरको बोलेरो पिकप भ्यानबाट २६ थान सालको काठसहित चार जर्नालाइ नियन्त्रणमा लिएको हो । पक्राउ परेका चार जनालार्इ प्रहरीले थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय देउखुरीलाई बुझाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्