दाङमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या – Kanika Khabar
Saturday, March 15Nepali News Portal

दाङमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    मा प्रकाशित

असार ४, दाङ ।
दाङको घोराहीमा बञ्चरो प्रहार गरी एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मन्कुलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । आरोपित मन्कुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्