दाङमा पासोमा परेको हड्डी बाघको उद्दार – Kanika Khabar
Thursday, May 9Nepali News Portal

दाङमा पासोमा परेको हड्डी बाघको उद्दार

    मा प्रकाशित

शिवु खनाल
दाङ, ४ असार /
पासोमा परेको एक हुँडार ( हड्डी बाघ) को उद्दार गरिएको छ । पासोमा परेको हुँडारको नेपाल आर्मी, डिभिजन वन कार्यालय लमहीको टोलीले संयुक्त रुपमा उद्दार गरेको हो ।

नेपाल आर्मीको रण सिंह दल गण अर्जुन खोला देखि ६ सय मिटर उत्तर तर्फ अर्जुन खोलाको ढिकमा पासो थापिएको थियो । सुरक्षाकर्मीको ब्यारेक नजिकै राती ३ बजे तिरको समयमा पासोमा परेको हुँडार कराएको सुन्यौं त्यस पछि वन कार्यालय जानकारी गराएर हामी पनि आफै उद्दारका लागि गयौं सेनानी मनोज थापाले बताउनुभयो ।

पासोमा हुँडार परेको खबर पाए लगत्तै घटनास्थल पुगेका वन्यजन्तु अनुशन्धानकर्मी चिरञ्जीवी खनालले अन्य वन्यजन्तुका लागि शिकारीले थापेको पासोमा हुँडार परेको बताउनुभयो । बदेल, राते, चित्तल लगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने बाटो पैलाएर पासो थापेको खनालले बताउनुभयो।

अजम्बरी सामुदायिक वन क्षेत्रमा बाक्लो जङ्गल भएका कारण त्यस क्षेत्रमा विभिन्न खालका वन्यजन्तु पाइन्छन । दाङ सङ्गै सटेको बाँके राष्ट्रिय निकुञ्जबाट पनि अजम्बरी सामुदायिक वनमा थुप्रै वन्यजन्तु आउने गरेको वनका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो।

देउखुरी डिभिजन कार्यालय लमहीका वन अधिकृत पुरण प्रसाद चौधरी, रण सिंह दल गण अर्जुन खोला लमहीका सेनानी मनोज थापा, सहायक वन अधिकृत छोटेलाल चौधरी, अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल, वन्यजन्तु अनुशन्धानकर्मी चिरञ्जीवी खनाल लगायतको टोली घटनास्थल पुगेको थियो । पासोमा मोटरसाइकलको क्लजको बाक्लो तार प्रयोग गरिएको थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्