कनिका डेस्क
जेठ २२, दाङ ।
चलचित्र विकास बाेर्डकाे अध्यक्ष अाजकाे मन्त्री परिषद्काे बैठकले टुङ्गाे लगाएकाे छ । आज बिहिबार बसेको मन्त्री परिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाललाई नियुक्त गरेको हाे ।
लामो समय देखि नेपाली फिल्म उद्योगमा सक्रिय दाहाल २ वर्षे कार्यकालका लागि अध्यक्षमा छनोट भएका हुन् । अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस गरेको थियो । आवेदन दिने जम्मा १० जना मध्येबाट मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको थियो ।