‘साहित्य वैचारिक राजनीतिबाट अलग रहन सक्दैन’ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

‘साहित्य वैचारिक राजनीतिबाट अलग रहन सक्दैन’

    मा प्रकाशित

असार १३, दाङ ।
साहित्य वैचारिक राजनीतिबाट अलग रहन नसक्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । शनिबार राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा सम्पन्न परिषद् संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा —२०७८ को पाँचौं श्रृङ्खला अन्तर्गत परिषद् संवाद कार्यक्रममा वरिष्ठ कवि तथा समालोचक डा. अमर गिरीले ‘साहित्य र राजनीतिको सम्बन्ध’ शीर्षकमा आफ्ना विचार राख्दै साहित्यभित्र राजनीति रहने तर साहित्यिक राजनीति सत्ताका लागि गरिने राजनीति नभई वैचारिक राजनीतिक हुनुपर्नेमा जोड दिएका थिए ।

‘राप्तीका साहित्यिक संस्थाहरुको गतिविधि’ शीर्षकमा आफ्ना मत राख्दै अर्का वक्ता राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीले साहित्यिक संस्थाहरु स्थापना भए पनि ती संस्थाले विधा केन्द्रित कार्यक्रमलाई फराकिलो बनाउन नसकेको बताए । उनले भने, ‘राप्तीका साहित्यिक संस्थाहरुले विधा केन्द्रित कार्यक्रम गर्न, प्रशीक्षण चलाउन तथा प्रकाशन गृहका रुपमा समेत काम गर्न जरुरी रहेको छ ।’
अर्का वक्ता राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य तथा विश्व कृतिमानी वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले ‘राप्तीमा गीत, संगीतको वर्तमान अवस्था’ का बारेमाविचार अभिव्क्त गर्दै राप्तीको गीत संगीतले सास्त्रीय संगीतमा आफूलाई बलियो बनाउन नसकेको बताए । राष्ट्रियस्तर राप्तीको सांगीतिक प्रतिनिधित्व प्रशंसायोग्य रहेको बताउँदै श्रेष्ठले राप्तीलाई सास्त्रीय संगीतमा समेत अगाडि बढाउन आवश्यक रहेको बताए ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार, पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागीता रहेको थियो । जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकारहरू डा. अमर शाह, मनोहर लामिछाने, डा. कृष्णराज डि सी, रमेश क्षितिज, पदमप्रसाद शर्मा, नारायण नेपाल, केशव थापा, कमलमणि देबकोटा, डा पुर्ण भण्डारी पंकज, डा लोकराज पराजुली, शान्ति शर्मा, खेमराज शर्मा, नगेन्द्र गुरु, केशवराज देबकोटा, रमेश सुवेदी, हरी पोख्रेल, डा प्रेम योगी, डा डण्ढी अधिकारी, डिल्लीराज श्रीधर, निमबहादुर थापा, जागेश्वर शर्मा घिमिरेले, पुर्ण वली, मित्रलाल पार्दे (पोल्यान्डबाट ) लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा लक्ष्मी आचार्य, शारदा शर्मा, मनलाल ओलि, बिमला खनाल, प्रबिन भण्डारी, प्रबल बिष्ट, सिमा पुरी, हेमप्रभास अबिर, सिर्जना शर्मा, सन्धा रेग्मीले, ऋषि शर्मा सुदामा, यम रेग्मी, मुकुन्दप्रसाद रन्जितकार, निशान्त आचार्य, टंकबहादुर आर सी अन्नत, रेशम विसी, प्रेमबहादुर चलाउने, खड्ग विवश विसी, नारदप्रसाद भण्डारी, माधव खनाल, गुरूप्रसाद कुमाल बुलबुल, बिमला डाँगी विकलता, धुव गिरी, दिपक सुवेदी, भिम कुमाखी, प्रतीक संग्रामी, शुशिला आचार्य, लिलप्रसाद चौधरी, रमण शर्मा, अनिता भुषाल, विक्रम वली, सिद्ध समर्पण, मनोज पीडित, रन्जना चन्द, सफलता श्रेष्ठ, अनुभूति बुढा लगायतको उपस्थिति रहेको थियो ।

परिषद् संवाद कार्यक्रममा परिषद् दाङ शाखाका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट कार्यक्रमको शुभारम्भ गर्नुका साथै परिषद् संवादको सहजीकरण गजलकार, गीतकार आदिम केसीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रकाश केसीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्