माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको छः एमाले नेता रायमाझी – Kanika Khabar
Saturday, May 4Nepali News Portal

माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको छः एमाले नेता रायमाझी

    मा प्रकाशित

असार २५, काठमाडौँ ।

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको पार्टी भएको आरोप लगाउनुभएको छ । आज नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदनका विषयमा बुझ्न अन्य नेतासहित निर्वाचन आयोगमा पुग्नुभएका नेता रायमाझीले माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत शैलीमा चलेको बताउनुभयो ।

२९ वर्षदेखि उक्त पार्टीमा महाधिवेशन नभएको, २०६९ सालमा भएको महाधिवेशन नाम मात्रैको भएकाले माओवादी केन्द्र अवैध पार्टी भएको नेता रायमाझीको आरोप छ । माओवादी केन्द्रका पूर्व नेता समेत रायमाझीले अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरेको दाबी समेत गर्नुभएको छ । नेता रायमाझीसँगै माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु साह लगायत निर्वाचन आयोगमा पुगेका थिए । माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्