काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै

    मा प्रकाशित

साउन ८, काठमाडौँ ।
पार्टीको महाधिवेशन लगायत बारेमा छलफल गर्न नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्दैछ । बिहान ९ बजे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बस्ने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् बिस्तार, सत्ता साझेदारी, आगामी रणनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

 

प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने निर्णयपछि काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निवासमा बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता बारेको विवादका कारण नेताकार्यकर्ता धर्ना बसेपछि काँग्रेस बैठक त्यहाँ बस्न नसकेको नेताहरूले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्