जसपा विवादमा निर्वाचन आयोगमा यादव पक्षको बहुमत देखियो – Kanika Khabar
Wednesday, May 22Nepali News Portal

जसपा विवादमा निर्वाचन आयोगमा यादव पक्षको बहुमत देखियो

    मा प्रकाशित

साउन ११, दाङ ।
जनता समाजवादी पार्टी जसपाको आधिकारिता विवाद सम्बन्धमा निर्वाचन आयोगले सनाखत सकेको छ । निर्वाचन आयोगले आज जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा नै बोलाएको थियो । जसपा विवाद टुङ्गो लगाउन आयोगमा पुगेका कार्यकारिणी सदस्यले आ आफ्नो पक्षमा हस्ताक्षर गरेका छन् ।

जस अनुसार अध्यक्ष उपेन्द्र यादवसँग ३४ र महन्थ ठाकुरको पक्षमा १६ कार्यकारिणी समिति सदस्यले हस्ताक्षर गरेका छन् । यस्तै निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरीतटस्थ बस्नुभएको छ । निर्वाचन आयोगले गरेको यो सनाखत प्रति यादव पक्ष र ठाकुर पक्षले आ आफ्नै प्रतिक्रिया दिएका छन् । ठाकुर पक्षका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टीको प्राविधिक विभाजन देखाइएको बताउनुभएको छ ।

निर्वाचन आयोगबाट बाहिरिने क्रममा नेता महतोले निर्वाचन आयोगले प्राविधिक विभाजन देखाएको र यो दुर्भाग्यपूर्ण भएको बताउनुभयो । बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने ठाकुर पक्ष सुधार भएर आए मिलेर जान सकिने बताउनुभएको छ । यादवले सार्वजनिक रुपमा आत्मालोचना गरे ठाकुर पक्षलाई ठाउँ दिइने बताउनुभएको हो । उहाँले अब छिटै सरकारमा सहभागि हुने पनि बताउनुभएको छ ।

५१ जना मात्र दल नभएको उहाँको जिकिर थियो । सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो । सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्