पुस्तक बिक्रीबाट कृतिम खुट्टा, अपांगको लागी ह्विलचियर, वैशाखी खरिद गर्ने – Kanika Khabar
Saturday, April 27Nepali News Portal

पुस्तक बिक्रीबाट कृतिम खुट्टा, अपांगको लागी ह्विलचियर, वैशाखी खरिद गर्ने

    मा प्रकाशित

शिवु खनाल

दाङ, १३ साउन  /

दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी ३५ वर्षिय दिपक खनाल सवारी दुर्घटनामा पर्नुभयो । देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयबाट घर फर्किने क्रममा २०७४ साल पुस ११ गते बेलुका चारबजे तिर बिपरित दिशातर्फ बाट आइरहेको भारतीय नम्बर पिलेटको कारले रा ३ प ९४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा खनालको बायाँ खुट्टामा गम्भीर चोट लाग्यो ।

 

पूर्वपश्चिम महेन्द्र राजमार्ग लमहीमा रहेको फलोरेन्स् अस्पतालमा प्राथमिक उपचार सम्भव नभएपछि तत्काल एम्बुलेन्स बोलाइ खनाललाई थप उपचारको लागि चौराह अस्पताल बुटवल पु¥याइयो । चौराह अस्पताल बुटवलमा तीन महिना उपचार गरियो । त्यहाँ पनि उपचारको सम्भव नभएपछि पुनः त्यसपछि काठमाडौ वर्न सेन्टर अस्पतालमा खनाललाई पु¥याइयो । चार पाँचवटा अस्पताल डुल्दा समेत खनालको बायाँ खुट्टामा लागेको चोटको उपचार नेपालमा सम्भव नभएपछि त्यसपछि तत्कालै भारतको नयाँ दिल्ली अपोलो अस्पताल लगियो ।

 

सामान्य उपचार पश्चात् खनाल बाह्रमहिना पछि घर फर्किए । पुनः तीन महिना पछि भारतको सोहि अस्पतालमा थप उपचारको लागि पुगेका खनालको बायाँ खुट्टामा लागेको गम्भीर चोट उपचारमा सम्भव नदेखिएपछि बायाँ खुट्टाको घुडा देखि तलको भाग काटियो । दिपक खनाल देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालय लमहीमा शिक्षण पेशामा आवद्व हुनुहुन्छ । रिनधन गरि करिब १ करोड खर्च भयो तर, पुरानो खुट्टा फर्काउन सकिएन, खनालले भन्नुभयो,–। ‘तीन वर्षपछि कृतिम खुट्टाको सहारामा शिक्षण पेशामा फर्किए ।’ “चम्किलो आभा “पुस्तकको एन प्याब्सनका जिल्ला उपाध्यक्ष भुमान्डप केसीद्वारा बिमोचन सवारी दुर्घटनामा परि बायाँ खुट्टा गुमाउनु भएका लमहीका दिपक खनालले लेखेको चम्किलो आभा नामक पुस्तकको विमोचन गरिएको छ । करिब पाँच महिनामा तयार गरिएको चम्किलो आभा पुस्तकको एन–प्याब्सन दाङका जिल्ला उपाध्यक्ष एवम् देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयका प्रधानध्यापक भुमाण्डप केसीले सोमबार एक कार्यक्रमका बिच विधिवत रूपमा विमोचन गर्नुभएको हो । उहाँले यस पुस्तकले पक्कै पनि दिपक सर जस्तो समस्या भोगेकाहरुलाइ प्रेरणा तथा मार्गदर्शन प्रदान गर्ने बताउनुभयो ।

 

जीवन सधै भरी एकनासको हुदैन, मानिसले जीवनमा अनेकन घुम्ती, मोडहरु पार गर्दै अगाडी बढ्नु पर्ने हुन्छ । यी कठिनाइका बाबजुत पनि जसले आफुलाइ निरन्तर अगाडी बढाउन सक्छ उसले नै जीवनमा श्रेष्ठता हासिल गर्न सक्छ, केसीले भन्नुभयो । मानिस कहिलेकाही लड्न सक्छ तर जो मानिस लडेर उठ्न सक्छ त्यही नै जीवनमा सफल हुन सक्छ, केसीले टिप्पणी गर्नुभयो । ‘यो पुस्तक सत्य घटनामा आधारित हो । जस्तोसुकै दुःख, कष्ट, पीडाका बाबजुद पनि मुहारमा मन्द मुस्कान लिएर कसरी अगाडि बढ्ने ? भन्ने अत्यावश्यक कुरा उल्लेख गरिएको छ, दिपक खनालले भन्नुभयो । ‘यो पुस्तक बिक्रिबाट गरि संकलित रकमले खनालको लागि कृतिम खुट्टा खरिद गर्ने र बाँकी अन्य रकमले म जस्तै अशक्त, अपांग भइ आफ्नो जीवनयापन कठिन भएकालाई सहजीकरणका लागि ह्वीलचियर, वैशाखी सहयोग गर्ने उद्देश्य रहेको छ, खनालले भन्नुभयो । किताबको लागि सोही विद्यालयका शिक्षक किशन भट्टराई र रावल पुस्तक पसल लमहीमा सम्पर्क गर्न अनुरोध गरिएको छ । पहिलो चरणमा एक हजार पिस किताब प्रकाशित गरिएको छ । थप माग अनुसार प्रकाशन गर्ने खनालले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्