रक्तदानका लागि अपील – Kanika Khabar
Saturday, April 27Nepali News Portal

रक्तदानका लागि अपील

    मा प्रकाशित

May be an image of text that says 'Blood donation Program BE a LIONS L INTERNATIONAL Rajvidhya Pathshala 2076 DONOR Venue: Rajvidhya Pathshala, Ghorahi-18 Date: 2078/04/ 16 Saturday, Time: 8-11 AM Organised by: Lions Club of Dang Rajvidhaya Call: 9857834253, 9868057153, 9812828311'साउन १५, दाङ ।
लायन्स क्लव अफ दाङ, राजविद्याले रक्तदानका लागि इच्छुक सवैमा अपील गरेको छ । रक्तदान जीवनदान भन्ने मूल उद्देश्यका साथ जिल्लामा रगतको अभाव भइरहेको बेला क्लबले रक्तदानको कार्यक्रमको आयोजना गरेको हो ।

भोलि शनिबार बिहान ११ बजे विद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष आदिम के.सी र सचिव शतिश कुमार सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भएको छ, ‘आज हामीले गरेको रक्तदानले भोलि कसैको अमुल्य जीवन बचाउन सक्छ । मानव सेवाका दृष्टिले रक्त दान गरौँ, अमुल्य जीवनको रक्षा गरौँ । कोभिड १९ को महामारीका बेला रक्तसञ्चार केन्द्र तथा हस्पिटलमा रगतको अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । ’

क्लवले यसअघि पनि रक्तदान कार्यक्रमको आयोजना गरेर मानव सेवाको कार्यमा आफूलाई अग्रसर राख्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्