सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वारा आरडिटी परीक्षण रोक्न माग – Kanika Khabar
Friday, April 26Nepali News Portal

सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वारा आरडिटी परीक्षण रोक्न माग

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, दाङ ।
सुदूरपश्चिम प्रदेशसभाका सदस्यले ¥यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी अर्थात दु्रत परिक्षण रोक्न माग गरेका छन् । आज आइतबार बसेको प्रदेशसभा बैठकमा सांसदले आरडिटी परीक्षणको विश्वसनीयता नभएको भन्दै रोक्न माग गरेका हुन् ।
नेकपाका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले आरडिटीको भरमा घर पठाइएकाहरुबाट कोरोनाको संक्रमण फैलिन सक्ने वताए । उनले अब पिसिआर परीक्षण गर्नुपर्ने र यसका लागि प्रयोगशालाको क्षमता बढाइनुपर्ने माग गरे । कैलालीमा पहिलो कोरोना संक्रमित पत्ता लागेको झण्डै तीन महिना पुग्दासमेत संक्रमण फैलन नदिन प्रदेश सरकारले पर्याप्त तयारी नगरेको भन्दै सोराडीले प्रदेश सरकारको आलोचना गरे । उनले बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको प्रदेश सरकारले तीन महिनासम्म त्यसमा कुनै काम नगरेकोमा आक्रोश पोखे । नेकपाकै सांसद पूर्णा जोशीले आरडिटी परीक्षणको औचित्य नभएको भन्दै बन्द गर्न माग गरिन् । उनले डोटीको क्वारअन्टिनमा मृत्यु भएका युवाको स्वाब संकलन मुत्यु पहिले नै नगरिएकोमा आक्रोस पोखे ।
नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य भरत बहादुर खड्काले युरोपियन देशले आरडिटी किटको प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहनु दुःखद भएको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्