न्युजिल्यान्ड १७ वर्षमुनिको महिला विश्वकप फुटबलमा छनोट – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

न्युजिल्यान्ड १७ वर्षमुनिको महिला विश्वकप फुटबलमा छनोट

    मा प्रकाशित

कनिका डेस्क

जेठ २६, दाङ ।

न्युजिल्यान्डमा आगामी वर्ष आयोजना हुने १७ वर्षमुनिको महिला विश्वकप फुटबलमा छनोट भएको छ । न्युजिल्यान्ड विश्वकपमा छनोट हुने चौथो टिम समेत बनेको छ । यसअघि न्युजिल्यान्डसहित एसिया छनोटबाट जापान र उत्तर कोरिया छनोट भएका थिए । भारतको टिम समेत आयोजकको हिसाबले विश्वकपमा छनोट भइसकेको छ । फिफा १७ वर्षमुनिको महिला विश्वकप सन् २०२१ को फेब्रअरी १७ देखि मार्च ७ सम्मका लागि तय गरिएको छ ।

यसअघि प्रतियोगिता नेभेम्बर २ देखि २१ सम्मका लागि तय गरिएको थियो । तर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वकपको पूर्व निर्धारित मिति स्थगित गर्दै अघिल्लो वर्षका लागि सारिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्