राष्ट्रिय फुटबल टिममा २५ जना खेलाडी छनोट – Kanika Khabar
Monday, May 11Nepali News Portal

राष्ट्रिय फुटबल टिममा २५ जना खेलाडी छनोट

    मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमका लागि २५ जना खेलाडी छनोट गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखीलाई बाहिर राख्दै हिजो २५ जना खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप र भारतविरुद्धको मैत्रीपूर्ण खेलको तयारीमा रहेको नेपाली टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ । नेपालले यही भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा हुँदैछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्