नेकपा एमाले विभाजन : प्रदेशमा सरकार जोगाउन चुनौति – Kanika Khabar
Sunday, May 5Nepali News Portal

नेकपा एमाले विभाजन : प्रदेशमा सरकार जोगाउन चुनौति

    मा प्रकाशित

भदौ १३, दाङ ।
नेकपा एमाले विभाजन भएपछी प्रदेशमा सरकार जोगाउन चुनौती देखिएको छ । प्रदेश १ र बाग्मती प्रदेशमा सांसदहरुलाइ आफ्नो पक्षमा पार्न दुबै पक्षले कसरत सुरु गरेका छन् । प्रदेश नम्बर १ मा मुख्यमन्त्री भिम आचार्य नेतृत्वको सरकार जोगाउनका लागि नेकपा एमालेले सांसदहरुलाई विभिन्न खालका प्रलोभन देखाइरहेको छ ।

सांसदहरुलाई माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीमा जान नदिन प्रदेशदेखि केन्द्रसम्मका नेताहरुले फोन गरिरहेका छन् । सीआईएनसँग कुरा गर्दै नेपाल पक्षका सांसद राजेन्द्र राईले नयाँ पार्टीमा जाने सांसदलाई रोक्न मन्त्रीको प्रस्ताव समेत आइरहेको बताउनुभयो ।

कम्तिमा पनि १२ जना सांसदले नयाँ दल रोज्ने र नेकपा एमालेको सरकारले विश्वासको मत गुमाउने सांसद राईको दावी छ । नेकपा एकिकृत समाजवादी दल रोज्ने सांसदहरुले आउदो मंगलबार निर्वाचन आयोगलाई दल रोजेको पत्र बुझाउने तयारी गरेका छन् । तर, सत्तारुढ दल नेकपा एमालेले भने आफुहरुले विश्वासको मत पाउने बताइरहेको छ ।

५२ जना आफुहरुको सांसद रहेको भन्दै विश्वासको मत पाउनेमा ढुक्क रहेको नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो । बाग्मती प्रदेशमा पनि एमालेबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि विपक्षि गठबन्धन छलफलमा जुटेका छन् । उनीहरुले शाक्यको बिकल्प खोज्न सुरु गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्